५ पुष २०७४, बुधबार

भारत । सलमान खानको र कटरीना कैफका  फिल्म ‘टाइगर जिंदा है’  यहि डिसेम्बर २२ मा रिलिज हुदै छ। फिल्मलाई लिएर विरोध हुनु कुनै नयाँ कुरा होइन तर यस पटक भने फरक कारणले गर्दा विवाद आएको हो। फिल्म ‘टाइगर जिंदा है’को समयमा मराठी फिल्म ‘देवा’ पनि रिलिज हुने भएको छ।

सलमानको फिल्म ‘टाइगर जिंदा है’ को कारणले मराठी फिल्मको प्राइम टाइम सो मिलेको छैनन्। एमएनसी लीडर शालिनी ठाकरे सोको प्राइम टाइम नमिलेको कुरालाई लिएर धम्कि दिदै भनिन् मराठी फिल्मका लागि प्राइम टाइम सो मिल्नुपर्छ पर्छ। र ठाकरेले भारतको मीडियासंग कुरा गर्दै प्राइम टाइम सो पाउनु पर्छ भनेकी हुन्। यदि हिन्दी फिल्म इंडस्ट्री मराठी फिल्मको खर्चमा स्क्रीन स्पेस लिएमा यसको  विरोध गर्ने उनले बताइन्।

एमएनएस चीफ राज ठाकरेले मुंबईको  थिएटर मालिकलाई twitter बाट यस्तो धम्किले भरिएका लेटर पठाएको छ। जसमा उनले यदि मराठी फिल्म ‘देवा’ को प्राइम टाइम नदेखाए सलमानको  फिल्म ‘टाइगर जिंदा है’ पनि कुनै थिएटरमा चल्न नदिने लेखिएका हुन्।

 

 

LIVE TV