५ पुष २०७४, बुधबार

काठमाडौं, गत मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ २६ लाख मत बदर भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको हो ।

आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ । निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइनसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । गोरखापत्र

LIVE TV