
एजेन्सी। साउदी अरेबियाको राजधानी रियादमा यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले मिसाइल प्रहारको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएकोहो ।
हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको छ ।
विस्फोटको आवाज सुनेको रियादमा प्रत्यक्षदर्शीले बताए। धुवाँको मुस्लोसहितको तस्बिर पनि उनीहरुले पोस्ट गरेका छन् । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर आएको छैन ।