५ पुष २०७४, बुधबार

काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न लम्बिएको को छ । २५ मंसिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचनपछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको नयाँ पत्रीकामा लेखिएको  छ।

प्रधानमन्त्री देउवा प्रदेश मुकाम मात्रै तोकेर अपजस लिने मुडमा नभएको र जाँदाजाँदै आफूअनुकूलका प्रदेश प्रमुख नियुक्त गर्ने रणनीतिमा छन् । तर, वाम गठबन्धन नयाँ बन्ने सरकारले नै प्रदेश प्रमुख तोक्ने बताउँदै आएको छ ।

सरकारले अटेर गरी प्रदेश प्रमुख नियुक्त गरेमा प्रदेश सभा सदस्यले शपथ ग्रहण नै नगर्नेसम्मको चेतावनी एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । आफ्नो सरकार बनेपछि अनुकूलका व्यक्ति नियुक्त गर्ने वाम गठबन्धनको स्वाभाविक इच्छा छ ।

 

 

LIVE TV