४ पुष २०७४, मंगलवार

सोलुखुम्बु । लक्षित वर्गको बजेट खोजी गर्दा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१, टाक्सिन्दुका राजकुमार सुन्दास प्रहरी हिरासतमा पुगेका छन् ।

गत वर्ष साविकको टाक्सिन्दु गाविसबाट लक्षित वर्ग अन्तर्गत दलितको नाममा विनियोजन भएको बजेटबारे जवाफ माग्दा प्रहरी हिरासतमा पुग्नुपरेको हो ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका –१, टाक्सिन्दुले वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण, भूकम्प गुनासो दर्ता, भूकम्प सम्झौताको काम भइरहेको बेला कार्यालयमा पुगेका सुन्दासले वडा प्रमुख छोङ्बा लामा शेर्पासँग बुझ्दा अघिल्लो वर्षको बजेट आफूलाई थाहा नहुने भन्दै वडा सचिव र सामाजिक परिचालकको जिम्मा लगाएका थिए ।

वडा प्रमुख शेर्पाको जवाफ अनुसार वडा सचिव र समाजिक परिचालकसँग बुझ्दा रकम फ्रिज भएको जानकारी पाउनसाथ विवादले उग्ररुप लिएको सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रदुम्न अधिकारीले जानकारी दिए।

 

LIVE TV