४ पुष २०७४, मंगलवार

काठमाडौं । बैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक बिश्वराज पाण्डेसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन साताअघि पाण्डेसहित विभागका तीन जनालाई आयोगले १० लाख घुससहित पक्राउ गरेकाहरुलाई मंगलवार मुद्धा दायर गरिएको हो ।

महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृति वल्लभ पौडेल र नायव सुव्वा खड्गबहादुर के.सीेविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुले एक मेनपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएका थिए ।

कारोकार रोक्का खुलाउने भन्दै बानेश्वरको इन्द्रेणी क्याफेमा अधिृकत पौडेल र नासु केसी पक्राउ परेका थिए । महानिर्देशक पाण्डेले नै पैसा लिन पठाएको खुलेपछि अख्तियारले पाण्डेलाई समेत पक्राउ गरेको थियो ।

LIVE TV