
काठमाडौं । लोक दोहोरी गायक नविन पौडेलको कमेडी लोकदोहोरी गीत ‘बैश आको छोरीलार्इ’ बजारमा रिलिज भएको छ । नविन पौडेलको लय तथा शव्द रहेको ‘बैश आको छोरिलार्इ’ विक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् ।
गायक पौडेल समय सापेक्ष तथा यर्थात परक गित गाउने कलाकारको रूपमा चिनिन्छन् । नेपाली लोकदोहोरी क्षेत्रमा पौडेल स्टेज किंगको रूपमा पनि परिचित छन् ।
लाइभ दोहोरिमा चर्चा कमाउन सफल लोकदाहोरि गायक नविन पौडेल , पुर्णकला वीसी र भुमिका शाह शंकर को सुमधुर आवाजमा ‘बैश आको छोरीलार्इ’ बजारमा आएको हो ।
गायक पौडेलको यस गितमा कमेडीयन शिवहरप् पौडेल (मुखमा हानु जस्तो) र टिका जैशिले अभिनय गरेका छन् ।
https://youtu.be/91ZrKJkG-xU