४ पुष २०७४, मंगलवार

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा नेकपा एमालेले राष्ट्रपतिलाई दबाब दिएर पद्धति र प्रक्रिया मिच्न खोजेको आरोप लगाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिने क्रममा तनुहँका विभिन्न कार्यक्रम रहेका पौडेलले एमालेले मुलुकमा पद्दतीको विकास गर्ने भन्दा पनि सँधै पद्दतीलाई भत्काउन लागेको टिप्पणी गरे ।

उनले, ‘लोकतन्त्रमा पद्दती र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ । पद्दती र प्रक्रियावाट मुलुक संचालन भएन भने लोकतन्त्रीक सिष्टम पनि भत्कन्छ ।’

वरिष्ठ नेता पौडेलले राष्ट्रिसभा भनेको प्रतिनीधिसभा भन्दा पनि जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनका लागि एकलसंक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भएमात्र संभव हुने पौडेलको धारणा थियो ।

उनले भने, ‘राष्ट्रियसभा भनेको प्रतिनीधिसभाबाट भएको त्रुटीहरुलाई पनि सच्याउन सक्ने र प्रतिनीधिसभाको असंतुलनलाई संतुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ । बहुमतीय आधारमा निर्वाचन गरेर त्यो संतुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन् ।’

नेता पौडेलले दरवारिया र कम्युनिष्ट शक्ती नेपालका लोकतन्त्रका लागि सधै अफबसिद्ध भएको भन्दै संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गरे ।

उनले दरवारियार कम्युनिष्टहरुबाट सधै लोकतन्त्रप्रति घात भएकाले आम नेपालीले सचेत हुनुपर्ने बताए ।

पौडेलले नेपाली कांग्रेसको एउटा मात्रै लक्ष्य नेपाली जनताको आर्थिक उन्नती भएकाले कांग्रेसले गाँउ गाँउसम्म बाटो विजुली, शिक्षा, स्वास्थ्य संचारको विकासलाई महत्व दिएको बताए ।

उनले भानु राजमार्गको कालोपत्रको काम आफुले सुरु गरेको र पुरा गर्ने जिम्मा पनि आफैले लिने प्रतिवद्धता जनाए ।

पौडेलले कुनै बेला कृष्णप्रसाद भट्टराई हराउन उकास्नेहरुले अहिले तनहुँमा कांग्रेसलाई हराएको भन्दै पार्टीका कार्यकर्ताहरुले पार्टीले गरेका राम्रा कामको सकारात्मक विश्लेषण गर्न नसकेको बताए ।

LIVE TV