४ पुष २०७४, मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढ्ने बताएका छन् । उनले विगतमा मुलुक राजनीतिक अस्थिरताको भूमरीमा परेको भन्दै अब आर्थिक स्थायीत्वतर्फ लाग्नुपर्नेमा जोड दिए ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले अब बन्ने बाम गठबन्धन सरकारले आर्थिक एजेण्डालाई प्राथमिकता दिएर जनताका लागि काम गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै मुलुकको स्थायीत्वका लागि बाम गठबन्धन सरकारले जनतामा सुशाासनको प्रत्याभूति दिनुपर्नेमा जोड दिए ।

नेता नेपालले आगामी सरकारले विगतका राम्रा कामको निरन्तरता दिँदै विकास र सम्वृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

LIVE TV