४ पुष २०७४, मंगलवार

इलाम। इलाम नगरपालिका–१ साँखेजुङका एक समाजसेवीले नेपालटार माविमा रु एक लाखको अक्षयकोष खडा गर्नुभएको छ ।

हाल इलाम नगरपालिका–९ मा स्थायी बसोवास गर्दै आउनुभएका यामबहादुर गुरूङले आफना स्वर्गीय हजुरबबा मनिराज गुरूङ र हजुरआमा मनमाया गुरूङको स्मृतिमा सोमबार रु एक लाखको ‘मनि–मनमाया अक्षय कोष’ खडा गर्नुभएको हो ।ब्रिटिस सेनामा कार्यरत गुरूङले विद्यालयको भौतिक संरचना निर्माणका लागि रु २५ हजार सहयोग पनि गर्नुभएको छ ।

अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट आएको रकमले हरेक वर्ष विद्यालयका उत्कृष्ठ एवं गरिब–जेहेन्दार दुईजना विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।यसैगरी उहाँले इलाम नगरपालिका–१० गोदक माइभगवती वद्धाश्रममा रहेका वृद्धवृद्धालाई जाडोमा ओड्ने लत्ताकपडा तथा जुत्ता चप्पल र खाद्य सामग्री पनि उपलब्ध गराउनुभएको छ ।

LIVE TV