४ पुष २०७४, मंगलवार

रुकुम । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिकामा एक जना महिलाको शव फेला परेको छ ।

बाँफिकोट गाउँपालिका ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिए ।

मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV