
काठमाडौं । पुर्व मिल नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लबिच फागुनमा प्रतिस्पर्धा हुने भएको छ । श्रृष्टि अभिनित फिल्म ‘रोमियो एण्ड मुना, सौगात अभिनित फिल्म ‘पञ्चेबाजा’ एकै दिन प्रदर्शनमा आउने तय भएको हो ।
यी दुवै फिल्महरु फागुन ११ गते सम्पुर्ण दर्शकमाझ रिलिज हुनेछ । पछिल्लो समय उपनहरुबिचको प्रेमसम्बन्ध कोही सामु लुक्न सकेको छैन । पछिल्लो केही समययता यी दुईले आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्दै आइरहेका छन् । तर यी दुई यस हिसाबले हेर्ने हो भने यो प्रेमजोडीको लडाई हुने पक्का छ ।