४ पुष २०७४, मंगलवार

काठमाडाैं, असार । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

श्रीदेवी

फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको दिल तब जिते, जब श्रीदेवी अमेरिकामा बिरामी आमाको उपचार गरिरहेकी थिइन् । यो समयमा बोनीले उनलाई धेरै सहयोग गरे । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिहे गरेर सबैलाई चकित तुल्याइन् । खासमा श्रीदेवी गर्भवती भएका कारण हतारमा बिहे गरेकी थिइन् । श्रीदेवी स्वयंले यो कुरालाई स्वीकार गरिसकेकी छिन् ।

सेलिना जेटली

सेलिना जेटलीको जीवनमा पनि बिहेअघि नै गर्भवती हुनुपरेको घटना निम्तियो । तर, उनले पनि त्यो समस्यालाई हतारमा ‘सेटल’ गरिन् । गर्भवती भएपछि उनले तत्काल ब्वायफ्रेन्ड पिटर हगसँग बिहे गरिन् । उनले नसोचेको समयमा पिटर हगसँग बिहे गर्नुको कारण तब पुष्टि भयो, जब केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन् ।

अमृता अरोरा

मलाइका अरोराकी बहिनी हुन् अमृता । व्यापारी सकिल लदकसँग अफेयरमा रहेकी अमृताले पनि हतारमा बिहे गरिन् । त्यतिखेर बलिउडमा हल्ला चल्यो कि बिहेको समयमा अमृता गर्भवती थिइन् । नभन्दै बिहेको केही दिनमै उनले पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु ।’

सारिका ठाकुर

फिल्म राजतिलकको सुटिङका दौरान सारिका र कमल हसनबीचको अफेयर पर्दाफास भयो । त्यसलगत्तै उनीहरूले सम्बन्धलाई बिहेमा बदले । सारिका गर्भवती भएका कारण बिहे भएको कुरा केही समयमै यो जोडीले स्विकार्‍यो ।

नीना गुप्ता

‘म गर्भवती छु,’ भन्दै अभिनेत्री नीना गुप्ताले पनि अचानक दुनियाँ चकित पर्ने खबर सुनाइन् । उनले आफ्नो पेटमा रहेको बच्चाको पिताको नाम पनि खुलाइदिइन् । क्रिकेटर विवियन रिचर्डस् उनको पेटको बच्चाका पिता थिए । यो साहसिक फैसलापछि उनले बच्चालाई जन्म पनि दिइन् ।

महिमा चौधरी

अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट आफ्नो करिअर सुरु गरेकी थिइन् । उनको वास्तविक नाम ऋतु चौधरी हो । उनले २००६ मा अचानक बाबी मुखर्जीसँग बिहे गरिन् । त्यतिखेर उनको हातमा केही फिल्म पनि थिए । तर, सबै काम छाडेर उनले मुखर्जीसँग लगनगाँठो कसिन् । उनको पनि हतारको बिहे तब पुष्टि भयो, जब बिहेको केही महिनामै छोरीलाई जन्म दिइन् ।

 

एजेन्सीको सहयोगमा

LIVE TV