४ पुष २०७४, मंगलवार

रिया भण्डारी

काठमाण्डौ । गाईभैसी कुखुरालाई दिइने गरिएको बिभिन्न एन्टिबायोटिक्स दूध र मासु मार्फत मानिसको शरीरमा प्रवेश गर्दा मानिसलाई कुनै रोग लाग्ने वित्तिकै दिइने हाइडोजको एन्टिबायोटिकले समेत छुन नसक्ने अवस्थामा पुगिरहेको छ । व्यापारिक नाफाको लागि पशु पंक्षीको छिटो वृद्धि विकास गराउन ग्रोथ हर्मोन लगायत बिभिन्न औषधि दिइन्छ । त्यस्ता पशुपंक्षीले मानव स्वास्थ्यमा गम्भीर जोखिममा पारिरहेको चिकित्सकहरुले औल्याएका छन् ।

दुध बढाउनको लागि गाइभैसीलाई दिने अक्सिटोसिनले जनावरको आयु घटाउने पीडा हुने त हुन्छ नै साथै त्यो दुध सेवन गर्दा मानब स्वास्थ्यलाइ पनि गम्भीर असर पारिरहेको छ । जस्ले किशोरीहरुमा कम उमेरमा महिनावारी हुने लगायत मोटोपन बढाउने हर्मोनमा गडबडी गराउने हुन्छ । पोल्ट्री फार्ममा कुखुरालाई छोटो समयमै अस्वाभाविक रूपमा बढाउन र चाँडै अण्डा पार्ने बनाउन औषधिको रूपमा ग्रोथ हर्मोन दिइन्छ, जुन अन्ततः मासु र अण्डा खानेहरूको पेटमा पुग्छ । कुखुरालाई हलक्क बढाउन र छिटो अण्डा पार्ने गराउन दिइने हर्मोनले ती मासु र अण्डा खानेको शरीरमा पनि त्यही काम गर्ने चिकित्सकहरु बताउछन । हुर्कन एक वर्ष लाग्नुपर्ने कुखुरा दुई महिनामै तीन किलोको भए जस्तै १० वर्षका केटाकेटी वयस्क जस्तो देखिनुमा त्यही पशु पंक्षीलाई दिएको बिभिन्न भेटेनरी औषधिको करामत भएको विज्ञहरूको भनाइ छ । आवश्यकताभन्दा चाँडो शारीरिक वृद्धि हुँदा सामान्यतया अधबैंसे भएपछि मात्र देखिनुपर्ने उच्च रक्तचाप, मधुमेह, हृदयघात जस्ता रोग किशोरावस्थामै लाग्न थालेको चिकित्सकहरू बताउँछन्।

पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ । थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन गाई भैसीको दुध बढाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको विज्ञको ठहर छ ।पशु पंक्षीलाइ दिने यस्ता औषधिले मानब स्वास्थ्यमा गम्भीर असर गरिरहेकोले जथाभाबी भेटेनरी औषधि बिक्रीवितरणमा सम्बन्धित निकायले ध्यानाकर्षण गर्न आवश्यक छ ।

LIVE TV