४ पुष २०७४, मंगलवार

एजेन्सी । अमेरिकी प्रशासनले यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको  ठहर गरेका छन्।

साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास बोसेर्टले सो आरोप लगाएका हुन् ।

होमल्याण्ड सेक्युरिटीमा ट्रम्पका सल्लाहकार रहेका बोेसेर्टले ‘तथ्यमा आधारित’ रहेर सो आरोप लगाएको बताउँदै बेलायत र माइक्रोसफ्टले पनि उत्तर कोरियाको सरकारसँग सम्बद्धहरुले उक्त हमला गरेको कुरा बताएको दृष्टान्त सुनाए ।

गत मे महिनामा विश्वभरका धेरै विन्डोज कम्युटरहरु लक भएका थिए ।

LIVE TV