
चीन । चीनले अबको समृद्ध विश्व निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको हो ।
महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गर्नुभएको विचारधारालाई उहाँकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन् । उक्त महाधिवेशनबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको राष्ट्रिय महाधिवेशनले चीनभित्र मात्र नभई छिमेकी मुलुकबाट समेत गरिबी घटाउने योजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले चीनबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्ने, धनी र गरिबबीचको असमानतालाई अन्त्य गर्दै आधुनिक समाजवादी मुलुक निर्माणलाई लक्ष्य बनाएको जानकारी दिनुभयो । नवचीन निर्माणमा महासचिव एवम राष्ट्रपति सीबाट नेतृत्वदायी भूमिका निर्वाह भईरहेको पनि उहाँले बताउनुभयो ।
अबको विश्व शान्त र समृद्ध बन्नुपर्नेमा चिनियाँ जोड रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा विश्वशक्तिका रुपमा उदायको चीनले आर्थिक विकासलाई जोड दिंदै आएको छ । त्यसका लागि विभिन्न मुलुकहरुलाई एकसुत्रमा बाँध्न समेत चीनले वेल्ट रोड इनिसियभिटि अभियान सुरु गरेको छ ।