
नेपाल प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका महिला म्यादी प्रहरी । श्रम शोषण र विभेद विरुद्ध दोलखा सदरमुकाम चरिकोट सडकमा उत्रेका म्यादी प्रहरीमाथि भएको दमनबाट अन्य सातजना गम्भिर घाइते भएका छन् । तस्बिर: रासस
काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
निर्वाचन सुरक्षाका लािग भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो ।७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।
त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउनेछन् ।म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि उनीहरूले थप पाउनेछन् ।