४ पुष २०७४, मंगलवार

काठमाडौं । माओवादी केन्द्रअध्यक्ष प्रचण्डसहित शीर्ष नेताले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्नेमा जोड दिएका हुन्।निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रीय सचिवालय बैठकमा पार्टी एकता र सरकार गठनलाई समाधान गर्नुपर्ने बताए।

एमालेसँग पार्टी एकता गर्न  अध्यक्ष प्रचण्डले एउटा खाका तयार भएपछि मात्र सरकार गठनको प्रक्रिया सुरु हुने धारणा राखेको माओवादी सचिवालय सदस्य गणेश शाहले जनाए।

निर्वाचनमा अन्तर्घात भएकै कारण केही शीर्ष नेता पराजित भएको भन्दै विभिन्न नेताहरूले कारबाही गर्नुपर्ने माग राखेका छन् । अन्तर्घातकै कारण नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायत पराजित भएको आवाज बैठकमा उठेको छ ।

माओवादीले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । ‘राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ । शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं,’ बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।(नयाँ पत्रिकाबाट )

 

LIVE TV