
एजेन्सी । अमेरिकाको वाशिङ्टनमा रेलको डिब्बा खस्दा कम्तीमा ६ जनाको ज्यान गएका छन् । एक सयजना भन्दा बढी घाइते भएको सिएनएनमा लेखिएको छ ।
राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो । सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताए पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइते तथा ज्यान गुमाउनेको सहि विवरण अहिलेसम्म नआएको वाशिङ्टन प्रहरीले जनाएको छ ।