४ पुष २०७४, मंगलवार

काठमाडौंँ । लाइन लागेर सार्वजनिक सवारी साधन चढ्दा एकदमै सजिलो भएको यात्रुहरु बताउछन्। नयाँ सडकस्थित एनएसीबाट माइक्रो बस चढेर कोटेश्वर जाँदै गरेका रन्जन श्रेष्ठलाई प्रश्न सोध्न नपाउँदै एकदम राम्रो भएको आजको गोरखापत्रमा लेखिएको छ ।

माइक्रो बसमा सवार अधिकांश यात्रुले लाइनमा बसेर सवारी साधन चढ्ने अभियानको निरन्तरताका लागि आग्रह गरेको छ । पालो कुर्दा अलि ढिलो हुन्छ तर, यात्रा सहज र सुरक्षित बनाएकोमा यात्रुहरु खुसी देखिन्छन् ।

आइतबारदेखि उपत्यकाका १० स्थानबाट एकैसाथै सुरु भएको सो अभियानले यात्रुलाई शिष्ट र सभ्य बनाउन पनि सघाउ पु¥याएको देखिन्छ ।

‘एक आपसमा ठेलमठेल र लडाईं गरेर गाडी चढ्न हतार गर्नुभन्दा एक मिनेट पालो कुरेर बस्दा पनि सहजै रुपमा गन्तव्यमा पुग्न सकिँदो रहेछ’ शङकरले गोरखापत्रलाई बतायो  ।

 

LIVE TV