
अभिनेता वरुण धवन पछिल्लो समय सफलताको स्वाद चाखिरहेका छन्। वर्षभरि फिल्मको सुटिङका क्रममा घर र परिवारका सदस्यसँग टाढा रहेका उनले वर्षको अन्त्य पनि सुखद रुपमा गरेका छन्।
हालै वरुणले मुम्बईमा एक भव्य फ्लाट खरिद गरेका छन्। सो फ्लाटको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा वरुण निकै खुसी हुँदै आफ्नो घर अभिनेता अनुपम खेरलाई देखाइरहेका छन्।
नयाँ घरमा पूजा गरेर सरेपछि वरुणले पार्टी समेत आयोजना गरेका थिए। जसमा उनको प्रेमिका मानिएकी नताशा दलाल विशेष पाहुना बनेकी थिइन्। उनीसँगै पार्टीमा सहभागी हुन अनुपम खेर र अन्य विशिष्ट पाहुना गएका थिए।
अभिनेता खेरले भिडियो सेयर गर्दै लेखेका छन्, ‘वरुण धवनले मलाई आफ्नो घर देखाए। मैले उसलाई बच्चै छँदा देखेको थिएँ, जब उसको बुवा डेविड धवन वेस्पा स्कुटर चलाउँथे। आखिर मिहिनेतको फल देखियो।’