३ पुष २०७४, सोमबार

एजेन्सी । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले २०१५ मा ३० करोड डलर अर्थात ३० अर्ब रुपैयाँमा बिक्री भएको फ्रान्सको महल किनेका छन् । बिक्री भएको उक्त समयमा यो महल विश्वकै सबैभन्दा महँगो थियो ।

बिक्रीको समयमा किन्ने मानिसको परिचय खुलाइएको थिएन । तर हाल आएर भने अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले आफ्नो अनुसन्धानपछि यो महल बिन सलमानको भएको खुलाएको छ । साउदी शाही परिवारले पनि यो महल राजकुमारकै भएको जनाएको छ ।

यो महल फ्रान्समा ७० वर्षसम्म शासन गर्ने शासक लुइस चौधौको नाममा बनाइएको थियो । यसको निर्माण २०११ मा पुरा भएको थियो । यो महलमा १७ औ सताब्दीको शानदार कलाकृतिमा आधुनिक शैली मिलाइएको छ ।यो शानदार महलमा वाइनका लागि पुरै एक तल्ला, भूमिगत नाइट क्लब, रंगिन माछाले भरिएको अक्वायरियम पनि राखिएको छ ।

LIVE TV