३ पुष २०७४, सोमबार

मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल इन्टरग्रिटी आइडल बन्नुभएको छ ।

सोमवार एक कार्यक्रमकाबीच आयोजक संस्था एकाउन्टविलिटी ल्याव नेपालले मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल इन्टरग्रिटी आइडल भएको घोषणा गरेको हो । नेपाल सरकारका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कार्यक्रममा सहभागी गराइएको भएपनि सोमवार टप फाईभवाट सवैभन्दा धेरै मत ल्याउनेबाट पनि पौडेल आइडल बन्न सफल हुनुभएको हो ।

इन्टरग्रिटी आइडल बनेपछि आफूलाई आफनो काम प्रति थप हौसला बढाएको पौडेलले बताउनुभयो । ३५ हजार एक सय एघार सदर मतमा पौडेलले ९ हजार ९ सय १ मत प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । आफनो काम प्रति जवाफदेही बनाउनु र राम्रो काम गर्नेलाई हौसला दिन कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।

LIVE TV