३ पुष २०७४, सोमबार

बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हँुदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् ।
चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।
घाइतेमध्ये दश जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड भएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लीम मानिसहरुका लागि खानाको समेत व्यवस्था गरिएको थियो ।

मृत्यु भएका मध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बङ्गलादेश अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा उनीहरू शोक व्यक्त गर्न भेला भएका थिए ।

चिट्टागोङका मेयर समेत भइसक्नु भएका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उहाँ झण्डै पाँच दशकदेखि राजनीतिम सक्रिय हुनुहुन्थ्यो ।

LIVE TV