३ पुष २०७४, सोमबार

काठमाडौं । बलिउड अभिनेता सलमान खानले दुई दशकभन्दा लामो फिल्मी करिअरमा थुप्रै फिल्म खेलिसकेका छन् । तर, उनको जीवनमा यस्तो पनि क्षण आएको छ, जसका कारण उनको ९ वटा फिल्म रिलिज हुन सकेनन् ।

१. फिल्म सन् १९९० मा अजिज सेजवालले निर्देशन गरेको ‘चोरी मेरा काम’ थियो । फिल्ममा सलमानसँगै सुनिल सेट्टी, काजोल र शिल्पा सेट्टी पनि थिए। फिल्मको सुटिङ लगभग ५० प्रतिशत पूरा भइसकेको थियो। फिल्मबारे बाहिर पनि निकै चर्चा चलेको थियो। तर, कसैले सुइँको पनि नपाई फिल्मको सुटिङ बीचैमा रोकियो। यही फिल्मको एउटा ‘स्टन्ट’ दृश्यलाई पछि सुनिल सेट्टी र सलमानको एउटा विज्ञापन ‘थम्स–अप’ का लागि प्रयोग गरियो।

२. सन् १९९१ मा राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्म ‘दिल हे तुम्हारा’ पनि रिलिज हुन नपाउँदै बीचैमा अड्कियो। यो फिल्ममा सलमानसँगै सन्नी देवल र मिनाक्षी सेसाद्री थिए।

३.निर्देशक राजकुमार सन्तोषीले १९९१ मा फेरि सलमानलाई लिएर ‘घेराव’ फिल्मको घोषणा गरे। तर, फिल्म मुहूर्तपछि अगाडि बढ्न सकेन।

४. सन् १९९१ मै करिश्मा कपुर, दिव्या भारती र भाइ अरबाज खानसँग मिलेर सलमानले ‘ऐ मेरे दोस्त’ फिल्ममा काम गरिरहेका थिए। फिल्मको निर्देशक इस्माइद श्राफ थिए। नदीम–श्रवणको एउटा गीत रेकर्डिङ गर्दै फिल्मको लञ्चिङ गरिएको थियो। तर, यो प्रोजेक्ट पनि पूरा हुन सकेन।

५.१९९४ मा भाइ सोहेल खानद्वारा निर्देशित पहिलो फिल्म ‘राम’ मा सलमानले काम गरेका थिए। फिल्मको नायिका पूजा भट्ट थिइन्। सुटिङ ४० प्रतिशत पूरा भइसकेको अवस्थामा सोहेल र फिल्म निर्माता मंसुर सिद्दीकीबीच बजेटको विषयमा विवाद भयो। सलमानले फिल्ममा आफैंले लगानी गर्ने निर्णय पनि गरेका थिए। तर, फिल्मको सुटिङ अगाडि बढ्न सकेन।

६.यस्तै, १९९७ मा फिल्म ‘राजु राजा राम’ निर्माणको तयारीमा थियो। फिल्ममा सलमानका साथै गोविन्दा, जैकी श्राफ र मनिषा कोइराला पनि थिए। फिल्मलाई डेभिड धवनले निर्देशन गर्दै थिए। आर्थिक समस्याका कारण फिल्म पूरा हुन सकेन।

७. सन् १९९७ मै सलमान, सञ्जय दत्त, रविना टन्डन, शिल्पा शेट्टी अभिनीत ‘दस’ फिल्म रिलिजको तयारीमा थियो । निर्देशक मुकुल एस आनन्द रहेको फिल्मको सुटिङ पनि ४० प्रतिशत पूरा भइसकेको थियो। तर, ७ सेप्टेम्बर १९९७ मा निर्देशकको अचानक निधन भएपछि फिल्म बीचैमा रोकियो।
८.१९९७ मा अर्को फिल्म ‘आँख मिचौली’ मा पनि सलमान खान डबल रोलमा थिए। फिल्म निर्देशन अनिष बज्मीले गर्दै थिए। तर ‘जुडुवा’ पछि सलमान खान डबल रोल गर्न चाहँदैनथे। त्यसैले फिल्म बीचैमा रोकियो।

९. सन् १९९९ मा राजकुमार सन्तोषीको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा सलमान काम गरिरहेका थिए। तर, यो प्रोजेक्ट सुरु हुन नपाउँदै अवसान भयो।

अहिले उनै चर्चित अपभनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘टाइगर जिन्दा हे’ को रिलिजको पर्खाइमा छन्। यो फिल्म क्रिसमसको अवसरमा यही डिसेम्बर २२ मा रिलिज हुँदैछ।

LIVE TV