
सप्तरी । मुलुकभर अत्यधिक चिसो बढेको अवस्थामा सप्तरीमा कठयाङ्ग्रिएर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ की ९६ वर्षीया रिजयादेवी राय रहेको परिवारजनले बताएका छन् । रायको आफ्नै घरमा कठयाङ्ग्रिएर मृत्यु भएको उनका पति कमल रायले जानकारी दिए ।
अर्कातिर अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् । चिसोकाकारण बालबालिका तथा वृद्धवृद्धाहरु धमाधम बिरामी पर्न थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।