३ पुष २०७४, सोमबार

काठमाडौं– गृहमन्त्रालयले तराई लगायत मुलुकका बिभिन्न ठाँउमा शीत–लहर बढेपछि यसको प्रभावलाई कम गर्न सर्वसाधरणलाई न्यानो कपडाको जोहो गर्न अपील गरेको छ । सोमबार बसेको गृह मन्त्रालय अन्र्तगतको आपत्कालिन संचालन केन्द्रको बैठकले यसकालागी विभिन्न ११ वटा निर्णय गरेको छ ।
तर, शीत–लहरको प्रभाव कम गर्ने ठोस योजना भने मन्त्रालयसँग केही छैन । सर्वसाधरणलाई नै पूर्वतयारी गर्न आग्रह गरिएको हो ।

बैठकको निर्णय नम्बर ५ को एउटा बुँदामा भनिएको छ– न्यायो कपडाको जाहो समयमै गरौं । शीतलहरको समयमा खुला ठाउँमा धैरै समय नबिताउन, घर बाहिर निस्कनुपर्दा न्यायो कपडा लगाउन आग्रह गरेको छ । गृहमन्त्रालयद्वारा जारी बिज्ञप्तीमा आगो ताप्न, तातो खानेकुरा खान समेत आग्रह गरिएको छ ।

बैठकले विपद् व्यवस्थापनको क्षेत्रमा आबद्ध संघसंस्थालाई पूर्व तयारीमा सक्रिय बनाउने, शीत लहरबाट प्रभावीत हुने गाउँ तथा टोलको पहिचान गरी दाउरा तथा कम्बलको भण्डारन गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मी तथा औषधी पर्याप्त मात्रामा राखी समूहहरु परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

शीत–लहर प्रभावीत जिल्लाहरुमा सम्भावित सम्भावित जोखिमलाई न्यूनीकरण गर्न वन तथा भू संरक्षण मन्त्रालयलाई दाउरा उपलब्ध गराउन आग्रह गर्ने निर्णय समेत भएको छ।

LIVE TV