३ पुष २०७४, सोमबार

तेह्रथुम । पुर्वी पहाडी जिल्ला तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा पुगेको छ । दुई वटा नगरपालिका सहित चार वटै गाउँपालिकाका सबै केन्द्रबाट पुर्वी तराईसम्म पुग्ने नियमित बस सेवा सन्चालन हुन थालेको हो ।

हालै मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजारबाट समेत मोराहाङ–जिरिखिम्ती हुँदै धरानसम्म सीधा बस सेवा सुरु भएपछी जिल्लाको सबै स्थानीय तहबाट नियमित यातायातको सेवा पुगेको सरोकारवालाको भनाई छ ।

सबै स्थानीय तहका केन्द्रहरु सडक सन्जालमार्फत पूर्वी तराईसँग जोडिएका हुन् । स्थानीय तह गठन भएपछि जनप्रतिनिधिकै पहलमा सडक मर्मत गरी फेदाप, आठराई र छथर गाउँपालिकामा पनि नियमित बस सेवा यस अघिबाटनै सन्चालन भइरहेको छ ।

वर्षाका समयमा कच्ची सडक हिलाम्मे भएर सडक ठप्प हुनेभएपनि अन्य समयमा निरन्तर बस सेवा सन्चालनका लागि पहल गरी बस सेवा सुरु भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताएका छन् ।

LIVE TV