३ पुष २०७४, सोमबार

 

दोलखा । दोलखामा नेपाल प्रहरी र म्यादी प्रहरीबीचमा रासनको विषयलाई लिएर भएको विवाद समाधान भएको छ । नेपाल प्रहरीलाई दिइने रासन सुविधा नै म्यादी प्रहरीलाई दिने भएपछि म्यादी प्रहरी सहमतिमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानका अनुसार दोलखाका प्रहरीलाई प्रति छाक ६५ रुपैयाँ दिने गरिएकोमा अब म्यादी प्रहरीलाई पनि प्रहरीकै बराबर रकम दिने सहमति भएको हो । तर यसअघी म्यादी प्रहरीलाई प्रतिछाक ९५ रुपैयाँ लिएकोमा यनिहरुको गुनासो थियो ।

आफ्नो सेवा सुविधा कटौती गर्न खोजेको र प्रहरीलाई भन्दा बढी खानाको रकम लिन लागेको भन्दै दोलखाका प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो । प्रहरी प्रमुख नायव उपरीक्षक रामेश्वर कार्की र केही म्यादी प्रहरीबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

सोमबार दिउँसो प्रहरी कार्यालय अगाडि भएको झडपमा ७ जना म्यादी प्रहरी घाइते भएका थिए ।

LIVE TV