३ पुष २०७४, सोमबार

दोलखा । दोलखामा सोमबार प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा ७ जना म्यादी प्रहरी घाइते भएका छन् ।

घाइते म्यादी प्रहरीको प्रस्तावित चरीकोट अस्पतालमा उपचार भइरहेको छ । म्यादी प्रहरीका अनुसार ६० रुपैयाँमा खाना खुवाउने सहमति भए पनि ९५ रुपैयाँ लिएको भन्दै म्यादी प्रहरीले आक्रोशित भएर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

७ सय ५५ जना म्यादी प्रहरीले आक्रोशित भएर नाराबाजी गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । झडपपछि छलफलको तयारी भए पनि म्यादी प्रहरीले चर्को नाराबाजी गर्दै अहिले चरीकोट बजार परिक्रमा गरिरहेका छन् ।

LIVE TV