३ पुष २०७४, सोमबार

 प्रवीण अधिकारी

उहिले, हाम्रो नेपालले भारत नजोगाईदिएको भए , भारत आजकै स्वरुपमा रहन सक्थ्यो ,सक्दैनथ्यो यसै भन्न सकिने अवस्था छैन ,तर , अहिले नेपालका तमाम विकारु नेताहरु नेपालमा घर , भारतमाथि भर परेर बस्ने गर्दछन | जसरी नेपालका वहुसंख्यक नेताहरु विशेषतः अमरिश कुमार ,रेशम चौधरी , दीपक मनाङ्गे , राजेन्द्र महताे, उपेन्द्र यादव, प्रचण्ड ,बाबुराम भट्टराई ,वृजेश कुमार गुप्ता , माकुने र शेर बहादुर जस्ताले चलाएको गणतन्त्रले नेपाललाई स्विट्जर्ल्याण्ड बनाउन सक्तैन , त्यसैगरी वर्तमान नेपाली पुस्ताहरुलेपनि नेपालको पुरानो हैशियत कहिल्यैपनि बुझ्ने चाहना राख्तैन |

यो गफ होइन , अकाट्य सत्य हो | आजको भारत , यही स्वरुपमा जोगाईदिने नेपालनै थियो भन्योभने , विभिन्न दलीय कित्तामा बाँडिएका आजका नेपालीहरुले पत्याउने छैनन , किनभने आजको दिनमा भारत हाम्रा नेताहरुको माईवाप बन्न पुगेको छ | आजको भारतले नेपाली नेताहरुलाई किनेर नेपाल र भारतको मित्रताको बखान गर्दै , नेपालको सतित्व हरण गर्ने काम गरेको छ | भारतीय नेताहरुले विभिन्न स्वार्थ भरिएको नेपाल र नेपाली नेताहरुको वखान गरेर नाथाक्लान तर, नेपालमा ३ पटक नाकावन्दी लाउने नेतापनि भारतीय नै थिए | आजको भारतले आफ्नो हैशियत नेपाल भन्दा उच्च राखेको छ तसर्थ नेपाल संधै उसको प्रभाव क्षेत्र भित्र रहोस भन्ने उसको चाहना छ | यो उसको ठूल्दाई पारा मात्र हो , नत्र सारभौम सत्ता र स्वतन्त्रताकोलागि नेपाल र भारत साना , ठूला देश कदापि हुन सक्तैनन |

नेपालले भारतलाई नदी नाला दिईरहे , भारत मख्ख पर्ने गर्छ र नेपाल भारत मित्रताको डिङ्ग हाक्ने गर्छ , तर , ती नदीनाला दिएवापत नेपाली नेताहरुले भारतबाट लिएको सहयोग भनेको सभासदहरुलाई बस अनि जनसाधारणलाई साईकल र चुनाऊको मतबाकस देखि सेनाको हेलिकप्टर मात्र हो अरुकुरो त नियमित प्रक्रिया भित्रको सहयोग हो | आजसम्म नेपालले बुझाएका नदीनाला , कुनैपनि कार्यान्वयनमा आएको देखिएको छैन , झन्डै आधा शताब्दी भन्दा बढि समय त्यसै वितेर गएको अवस्था छ | यस वाहेक हाम्रा नेताहरुको अन्तिम रणनीति भनेको सके हात थाप्ने , दिएन भने मागेरै भएपनि लिने रहेको देखिन्छ | आजको नेपाल यस्तो अवस्थामा पुग्नुको पछाडि गणतान्त्रिक महाराजाहरुको ठूलो योगदान रहेको छ | यो कुरा हामी प्रत्येक नेपालीलाई थाहा छ ,हाम्रै आँखासामु छ ,तर हामीले बुझ पचाई रहेको अवस्था छ |

नेपालद्वारा आजको भारत जोगाउन दिएको योगदान

उहिले , आजको भारत सयौं टुक्रामा विभाजित थियो , त्यो अनेकौं टुक्रामा बिभाजित हुनपुगेको भारतलाई आजको बिशाल भारत बनाईदिने श्रेय हाम्रै नेपाली सेनाको रहेको थियो | भारतमा बिद्रोहको ज्वाला दन्केर अंग्रेजले एकीकरण गरेको भारतलाई जोगाईदिने काम नेपाली सेनाले नै गरेको थियो | नेपाली सेनाकै सहयोगका कारण अंग्रेजले बनाएको भारतको बिशाल प्रशासनिक एकाइ टुक्रा टुक्रा हुनबाट जोगिएको थियो | नेपालीले साथ् नदिएको भए अंग्रेजले भारतीय जनबिद्रोह दबाउन सक्ने अवस्था थिएन | आजको विशाल भारतको नक्सा नेपाली सेनाको आडबलमा कायम राखिएको भारतीय भूभाग हो | एउटा चेचेन्या टुक्रिन खोज्दा रुसले कति लाख टन बमबारी गर्यो त्यसको हिसाव किताव रुस संगै होला | सन १९६५ पछि तिब्बतलाई जोगाउन चीनले कति खर्च गरि रहेको छ त्यो चीनलाई नै थाहा छ | एउटा सानो टुक्रा काश्मीरलाई जोगाउन भारतले कति खर्च गरिरहेको छ त्यो कुरा भारत र पाकिस्तानलाई थाहा होला , तर , जंगबहादुरको पालामा नेपाली सेनाले हतियार न उठाई दिएको भए , जंगबहादुर आफ्नै नेतृत्वमा सेना लिएर भारतमा नपुगेको भए , नेपालले त्यो सहयोग नदिएको भए , आजको भारतको मानचित्रको ३१ ओटा प्रान्त , ३१ओट स्वतन्त्र मुलुक बन्ने थियो | तिनै जंग बाहादुर हुन , त्यो योगदानको योगदानको कदर गर्दै अंग्रेजले ४५ बर्ष पछि पश्चिम नेपालको ४ जिल्ला फिर्ता मात्र ल्याएनन , बरु तत्कालिन भारत टुक्रा टुक्रा हुनबाट जोगाईपनि दिएका थिए |

सन् १९४७ पछिको भारत जोगाउन नेपाली युवा र सैनिकको सहयोग

हिंजो भारत स्वतन्त्र हुन चाहँदा नेपाली सेना र यूवाले आफ्नो रगत पसिना बगाएका थिए | नेपालका हिंजोका युवाहरुले भारत जोगाउन आफ्नो युवा शक्ति ,श्रोत र साधन सबै चीज खर्चिन पुगेका थिए | तत्कालिन नेपालीहरुले भारतको दुई ठूला ठूला मुद्दाहरुमा आफ्नो योगदान दिएका थिए – त्यसमध्ये आधुनिक भारतको राजनैतिक सिमाना बनाउन र भारतलाई अंग्रेजबाट मूक्ति दिलाउन | जसरी पृथ्वी नारायण शाह नेपालको एकिकरणकर्ता हुन पुगे त्यसरी नै उपनिवेश खडा गर्दै हिडेका अंग्रेजको प्रशासनिक राजको रक्षा गरिदिएका जंगबहादुर तथा उनको सेना भारतको राष्ट्र निर्माता पनि हुन पुगे | पृथ्वीनारायण शाहले राष्ट्र निर्माण /राष्ट्र विस्तार /राष्ट्र एकिकरण नगरिदिएको भए सन् १९४७ पछि बल्लभभाई पटेलले नेपाललाई भारतमा मिसाउने थियो | आफ्नो राजनैतिक सिमाना नाघेर भारतमा क्रूर सैनिक दमन गर्न सफल भएका जंगबहादुरले अहिलेको भारत ठड्याउन योगदान दिए |

सन् १९४७ मा भारतले पाएको स्वतन्त्रतामा नेपालीहरुको अमूल्य योगदान रहेको थियो | तत्कालिन भारतीय नेताहरू डा. राजेन्द्र प्रसाद, पं. जवाहरलाल नेहरु, जय प्रकाशनारायण, डा. राममोहन लोहिया संगै विपी कोइरालाहरु हजारीवाग जेल र मातृकाप्रसाद कोइराला ,मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र जस्ता कैयौं नेपालीहरु अन्य जेलमा थुनिएका थिए | हजारीबाग जेल तोडेर जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह भाग्दा नेपाल सुरक्षित स्थल देखि भूमिगत रुपमा नेपालको सप्तरी जिल्लामा आएर लुकेका थिए | उनीहरुले स्वतन्त्रता संग्रामको योजना नेपालकै भूमिमा बसेर बनाएका थिए | सप्तरीको सीमावर्ती नियोर गाउँका अवध सिंहलाई साथ लिई उनीहरु सप्तरीको कोइलाडी वरसाइनस्थित रामेश्वर सिंहको घरमा महिनौ सम्म बसेका थिए | जयप्रकाशनारायण, डा. राममनोहर लोहिया, विया पटवद्र्धन, डा. वैद्यनाथ झा आदिको आश्रयस्थल कोइलाडी, विसहरिया, सकरपुरा, सखडा, वरसाइन बन्दरझुला आदि गाउँरहेको थियो |

अङ्ग्रेजले भारत छडिसकेपछि भारत र पाकिस्तानको जन्म भएको थियो | मुसलामानहरु पाकिस्तान र हिन्दूहरु भारतमा रहने सम्झौता अनुसार धेरै ठाउँमा कुरो मिलेन | त्यसमध्ये एक ठाउँ हैदरावाद रहेको थियो | त्यहाँको हिन्दू र मुसलमानबीचमा भयङ्कर दङ्गा बढेर तत्कालिन भारतीय सेनाको नियन्त्रणभन्दा बाहिर पुगेपछि प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा श्री ३ मोहन समशेर राणाले २० पल्टन (रेजिमेन्ट), करिब १८ हजारभन्दा बढी नेपाली फौज शान्ति स्थापनाको लागि हैदरावाद पठाएका थिए | वि.सं. २००५ (४ अगस्त १९४८) मा हिँडेका नेपाली फौजले लाखौँ हिन्दू मुसलमानको ज्यान बचाएका थिए | जसकालागि नेहरु नियन्त्रित भारत सरकारले ठूलो आभार व्यक्त गरेको थियो | भनिन्छ , नेपालले पठाएको त्यही सैनिक टोलीको कारणले गर्दा नेपाल – भारत स्वतन्त्र देश हो भनेर नेहरूलाई पाठ पढाउने महत्वपूर्ण कडी हुन पुगेको थियो |

राजा वीरेन्द्रद्वारा ईन्दिरा गान्धीको चासो

यस बाहेक , सन् १९७७ इन्दिरा गान्धीले चुनाव हारेपछि तत्कालिन नेपालका राजा वीरेन्द्र संग राजीव गान्धी र उनको परिवारले नेपालमा राजनीतिक शरण मागेको कुरो आरके यादवले लेखेको ‘मिशन रअ’ पुस्तकमा उल्लेखित छ | राजा वीरेन्द्रले आफूलाई गान्धी परिवारको सुरक्षाको विषयमा चासो राखेको कुरा ईन्दिरा गान्धीले नै भारतीय गुप्तर एजेन्सी रअका फाउन्डर एनआर काओलाई भनेको कुरा यादवले उल्लेख गरेका छन् | तर, काओले नै मोराजीसँग कुराकानी गरेर सुरक्षाको ब्यवस्था मिलाएपछि नेपालमा शरण लिनु नपरेको उल्लेख गरेको कुरो अहिले पुरानो भई सकेको छैन |

LIVE TV