३ पुष २०७४, सोमबार

काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको बैठकले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा भएको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो।

वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर जाँदा मतदाताले त्यसलाई अनुमोदन गरेको बैठकको निष्कर्ष थियो। निर्वाचनमा जनमत पार्टी एकता गर्ने लाइनमा आएको भन्दै सरकार र पार्टी एकता एकसाथ गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार, सरकार र पार्टी एकता सँगसँगै टुंग्याउँदै त्यसपछि जिम्मेवारी बाँडफाँट गर्ने निर्णय भएको छ। बैठकमा माओवादी नेताहरुले भने सरकार गठन अगाडि नै पार्टी एकता टुंग्याउन जोड दिएका थिए। विचार संगठन र नेतृत्वको विषय सुरूमै टुंग्याउनुपर्ने कुरा भएको छु, प्रवक्ता भुसालले बताइन्।

बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएको पनि दिएको थियो।

यस्तै, राष्ट्रिय सभा गठन सम्बन्धी विवाद राजनीतिक विवाद भएको भन्दै यसलाई यसलाई राजनीतिक तहबाटै छलफल गरेरर समाधान गर्नुपर्ने माओवादीले जनाएको छ।

चुनावी समीक्षा, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादीले आज सचिवालय बैठक बोलाएको थियो ।

LIVE TV