
काठमाडौं । ‘सुत्र गते’फिल्मका कलाकारले एक गीतको भिडियोको छायांकन सम्पन्न गरेका छन् । फिल्मको ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । राजधानीको चावहिलस्थीत समता अस्पताललाई झिलिमिली बनाएर गीतको छायांकन सम्पन्न गरिएको हो ।
यस गीतको भिडियोमा फिल्मका लीड कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । चैतको ९ गतेबाट रिलिज हुने यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।