३ पुष २०७४, सोमबार

एजेन्सी । अभिनेता आमिर खानलाई अफर गरिएको एक बायोपिक फिल्मलाई अब अर्का अभिनेता साहरुख खानले गर्ने पक्का भएको छ । आमिरले १० बर्ष कुनै पनि बाहिरी ब्यानरको फिल्ममा काम नगर्ने निर्णय गरेपछि यसको मेकरले अर्का अभिनेता साहरुखलाई अफर गरेको हो ।

अन्तरिक्षमा पुग्न सफल पहिलो भारतीय नागरिक राकेश शर्माको बायोपिक फिल्मलाई सिद्धार्थ रोय कपुरले निर्माण गर्दैछन् । निर्देशन भने महेश मथाहीले गर्दैछन् । नायक आमिर आफैले साहरुखलाई भेटेर यो भूमिकाका लागि बताएका हुन् ।

साहरुखले यो भूमिका यति राम्रो थियो भने तिमीले किन गरेनौ भनेर आमिरलाई सोधेका थिए । आमिरले १० बर्ष आफूले आफ्नो ब्यानर बाहिरको फिल्म नगर्ने निर्णय गरेसँगै यो फिल्म छाड्नुपरेको बताएका थिए ।

अहिले यो फिल्मको अफर साहरुखले स्विकार गरेको मिडियामा खबर छ । यो फिल्मको नाम ‘स्यालुट’ राखिएको छ ।

LIVE TV