३ पुष २०७४, सोमबार

काठमाडौँ । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। मोबाइल फिल्म प्रतियोगिता थिएटरमा दृश्यांशुको दोस्रो संस्करण घोषणा गरिएको हो। ‘दृश्यांश’ को निर्णायकमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, र दिपक रौनियार र सुशील पौडेल निर्णायक रहेका छन् ।

file picture

मोबाइल फिल्म प्रतियोगिता नेपालमा नयाँ सुनिए पनि विश्वमा यस्ता प्रकारका महोत्सव धेरै हुने जानकारी दिँदै उनले पहिलो संस्करणमा करिब ४ सय फिल्म आएको र उत्साहजनक सहभागिता रहेकाले दोस्रो संस्करण गर्न हौसिएको बताइन् । प्रतियोगिताबारे जानकारी दिँदै ‘दृश्यांश’की संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिका कारण खुम्चिएका युवा पुस्तालाई यो प्रतियोगिताले मुलधारमा ल्याउन सहयोग गर्ने बताइन्।
निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले फिल्म बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भौंतारिनुपरेको बताए ।
मोबाइलको क्वालिटी अनुसार फिल्मको उत्कृष्टता जाँचिने हो कि भन्ने प्रश्नमा निर्देशक बस्नेतले कुन मोबाइलले खिचेको भन्नुभन्दा पनि चलचित्रले भन्न खोजेको कुरा महत्वपूर्ण रहेको बताए ।

अभिनाश विक्रम शाहले पनि पहिलेको ‘दृश्यांश’ अनुभव सुनाउँदै त्यो बेला पनि उत्कृष्ट फिल्म आएको बताए। आफ्नो लागि नयाँ अनुभव भएको बताउँदै अर्का निर्णायक सुशील पौडेलले मोबाइलबाट फिल्म बनाउने प्रतियोगीलाई अवसर र चुनौती दुवै भएको भनाइ राखे।

सहआयोजक सिनेमाघरका सागर खरेलले आफूहरुले नेपाली फिल्मलाई विश्वव्यापीकरण गर्ने अभियानका साथ एप्लिकेसनको सुरुवात गरिएको जानकारी दिए। सर्वनामका निर्देशक अशेष मल्लले कला व्यक्त गर्ने माध्यम मात्र फरकफरक भए पनि कला एउटै हुने र यो प्रयोग नौलो हुने विचार राखेका थिए।

LIVE TV