३ पुष २०७४, सोमबार

मोरङ।दाइजो प्रथालाई कम गर्न जति धेरै प्रयास गरे पनि केहि स्थानहरूमा भने अझै समस्याानै रहेका छन् । त्यस्तै मोरङको उर्लाबारीमा दाइजो नल्याएको भन्दै एक महिलालार्इ घरबाट निकाला गरीएको छ ।

उर्लाबारी–२ भुसीकी गीता पौडेललार्इ घर निकालागरीएको हो । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका हो । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका छन्  ।

पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेकि छिन ।

छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षले जानकारी दिए । हाल गीता माइतमा आश्रय लिएर बसेकी हुन् ।

LIVE TV