३ पुष २०७४, सोमबार

एजेन्सी । अभिनेत्री करिना कपुर आफ्नो बिहे पश्चात फिल्मका देखिन छाडेकी छन् । अब भने उनको फिल्म ‘वीरे दी वेडिङ’ रिलिजमा आउन लागेको छ । । अहिले यो फिल्मको सुटिङ भइरहेको छ । फिल्म नयाँ बर्ष भित्रमा रिलिज हुनेछ ।

उनी फिल्मबाहेक अन्य कार्यक्रमहरुमा पनि सहभागीता जनाउँदै आएकी छन् । केही दिन पहिले करिना आफ्नो पति सैफअली खानकी बहिनी सोहा अली खानको अटोबायोग्राफी लन्च कार्यक्रममा पुगेकी थिइन् । रातो कलरको आउटफिट ड्रेस लगाएकी करिनाको लुक निकै बोल्ड रहेको थियो ।

आउटफिट उनले सोही इभेन्टका लागि तयार गरेकी हुन् । यसको मुल्य ५.४ लाख भारु रहेको छ । नेपालीमा यसको मूल्य करिब ९ लाख पर्न जान्छ । करिनाको यो ड्रेस बिभु मोहपट्राले डिजाइन गरेका थिए ।

कार्यक्रममा पति सैफअली खानका साथ सहभागी करिनाले कालो कलरको स्यान्डिल लगाएकी थिइन्, भने उनको गेटअप सिम्पल थियो । करिनाको कार्यक्रम तस्बिर इंस्टाग्राम मार्फत समेत सार्वजनिक छ । तस्बिरले थुप्रै लाइक समेत पाएका छन् ।

LIVE TV