३ पुष २०७४, सोमबार

काठमाडौं । भारतको नोयडामा नौ वर्षअघि हत्या भएका हेमराज बञ्जाडेकी पत्नी खुमकला न्याय खोज्दै नयाँदिल्ली पुगीन् ।

चिकित्सक दम्पत्ति डा. राजेश तलवार र डा. नुपुर तलवारको नोयडास्थित अपार्टमेन्टमा ३ वैशाख ०६५ राति उनीहरुकी १३ वर्षीया छोरी आरुषी र घरेलु कामदार हेमराजको हत्या भएको थियो ।

अदालतले तलवार दम्पत्तिलाई सबुत लुकाएको र प्रहरीलाई झुक्याएको बताउँदै उक्त हत्याकाण्डको मुख्य अभियुक्त ठहर गरेको थियो। आजीवन कारावासको सजायँ सुनाइएका दुवैलाई गत २६ असोजमा अलाहावाद उच्च अदालतले प्रमाण नपुगेको बताउँदै रिहा गर्न आदेश दिएको थियो ।

अर्घाखाँचीको धारापानी स्थायी बसोबास भएको हेमराजको परिवार भारतीय अदालतको पछिल्लो फैसलाबाट फेरि एक पटक शोकमा डुबेको छ । घरेलु कामदारका रुपमा निम्नस्तरको नोकरी गरेर परिवार पाल्दै आएका हेमराजको भौतिक शरीर त दुनियाँमा रहेन, उनका हत्यारालाई कारवाही गराउने परिवारको संकल्पमा पनि अदालतले पानी फेरिदिएको छ ।

LIVE TV