३ पुष २०७४, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रोमलाई २–१ गोलले पराजित गरेको हो ।

यो जितसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ११ मा झारेको हो । म्यानचेस्टर युनाइटेडको जितमा रामेलु लुकाकु र जेसी लिङगार्डले गोल गरे । वेष्ट ब्रोमका लागि ग्यारेथ बार्रीले एक गोल फर्काए । युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको हो । २७ औं मिनेटमा लुकाकुले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

औं मिनेटमा लिङगार्डले अग्रता दोब्बर पारे । दोस्रो हाफमा वेष्ट ब्रोमले एक गोल फर्काए पनि हार टार्न सकेन । ७७ औं मिनेटमा वेष्ट ब्रोमका लागि बार्रीले एक गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ४१ अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५२ अंक छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १४ अंक मात्रै छ ।०००

LIVE TV