
बाक्लो हुस्सु र प्रतिकुल मौसमका कारण आन्तरिक सेवातर्फका अधिकांश उडान छोटो अवधिमा यात्रुलाई गन्तव्यमा पुर्याउने हवाई सेवा केही दिनयता प्रभावित बन्न थालेका छन्।
त्रिभुवन विमानस्थल कार्यालय अनुसार बढ्दो चिसोका कारण लागेको तुवाँलो र बाक्लो हुस्सुका कारण पूर्वदेखि पश्चिम तराईका अधिकांश आन्तरिक विमानस्थलको सेवा प्रभावित बन्न पुगेको हो।
हवाई उडानका लागि पर्याप्त भिजिविलिटीको अभावमा हिमाली र पहाडी भेगबाहेक भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलको उडान प्रभावित बनेको विभागले जनाएको छ ।