
काठमाण्डौ। नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ।
चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन निगमले सर्वसाधारण माझ सेयर जारी गर्न लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ। अर्थ मन्त्रालय संग आबश्यक परामर्श गरी पूँजी वृद्धिका लागि सेयर जारी लागिएको निगमले जनाएको छ ।