३ पुष २०७४, सोमबार

काठमाडौं । समानुपतिकबाट सांसद बन्ने दाउमा रहेका केही नेताको सपना उडेको छ । समानुपातिकमा तीन प्रतिसतको सीमा (थ्रेसहोल्ड) लागेपछि केही पुराना नेता र सदावहार सांसदहरु यसपटक छुट्ने भएका छन् ।

समानुपातिकबाट संसदमा पुगेका नेकपा मालेका महासचिव सीपी मैनाली यसपटक सांसद बन्न पाउने छैनन् । पत्नी नीलम खड्का सहित समानुपतिकमा बसेका मैनालीको पार्टीले ४१ हजार २ सय ७० भोट पाएको छ ।

पटक पटक प्रत्यक्षमा चुनाव लडेर २०७० सालको चुनावमा समानुपातिकबाट सांसद बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि यसपटक संसदमा छुट्ने छन् । प्रत्यक्षमा प्युठानबाट एक र प्रदेश सभामा बाग्लुङबाट एकसीट जितेको राजमोले ६२ हजार १ सय ३३ भोट पाएको छ । समानुपातिकको बन्द सूचीमा केसीको नाम एक नम्बरमा थियो । उमेर र स्वास्थ्यका कारण केसीले प्रत्यक्षमा चुनाव नलडेको बताएका थिए ।

पहिलो संविधानसभामा समानुपातिक तर्फबाट आएका डा प्रकाशचन्द्र लोहनीको पनि समानुपातिकबाट सांसद बन्ने सम्भावना सकिएको छ । कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएर एकीकृत राप्रपा राष्ट्रवादी गठन गरेका लोहनीको पार्टीले २८ हजार ८ सय ३५ भोट पाएको छ ।

 

LIVE TV