३ पुष २०७४, सोमबार

काठमाडौं। स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि गारो परेको  छ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सबै मन्त्रालयसँग माग गरे पनि मन्त्रालयहरूले विवरण दिएका छैनन्। मन्त्रालयहरूले प्रदेशमा पठाउने कर्मचारीको विवरण पठाउन आनाकानी गरेपछि सामान्य आफैंले कर्मचारीको पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम)को आधारमा कर्मचारी प्रदेश पठाउने गृहकार्य थालेका  छन्।

सामान्यले सबै मन्त्रालयलाई पत्र लेख्दै विषयगत कर्मचारीको सूची पठाउन तोकेको तीन दिन बितिसक्दा समेत कुनै पनि मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सामान्यमा पठाएका छैनन्।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रालयहरूबाट कर्मचारीको विवरण अपेक्षा गरेअनुसार आउन नसकेको बताए। मन्त्रालयहरूले विवरण नपठाएपछि सामान्यले अन्तिम पटक फेरि ताकेता गर्ने भएको छ। (अन्नपूर्ण पोस्ट )

 

LIVE TV