३ पुष २०७४, सोमबार

कास्की। प्रदेश नम्बर ४ को राजधानीको रुपमा छनोट भएको पोखरामा प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, १२ मन्त्रालयका कार्यालयसँगै निवासका लागि भवन पनि छनोट गरिसकिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रिय प्रशासक बाबुराम गौतमको संयोजकत्वमा गठित कार्यादलले कार्यालयसँगै निवासका लागि पोखरामा रहेका विभिन्न कार्यालयहरु छनोट गरि केन्द्रमा सिफरिस गरेको कास्कीका प्रमुुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। (नयाँ पत्रिका )

LIVE TV