२ पुष २०७४, आईतवार

प्रदीप

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको दोश्रो पटक उपाधि जित्न सफल भएको छ । अपराजित रहँदै नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यसअघि नेपालले सन् २०१४ मा मलेसियामा भएको एसिसी यू–१६ प्रिमियर प्रतियोगिता जितेको थियो।

सन् २०१२ को फाइनलमा भने नेपाललाई मलेसियाले हराएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट भयो । सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सबैभन्दा बढी ३१ रनको योगदान गरेका थिए ।

बलिङतर्फ नेपालका सूर्य तामाङ र अजयकुमार लोनियाले ३–३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोड्यो। नेपालका लागि विशाल विक्रम केसीले सबैभन्दा बढी ६३ रनको योगदान गरेका थिए ।

LIVE TV