२ पुष २०७४, आईतवार

काठमाण्डौ । समानुपातिकको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरी पहिलो दल भएको छ भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएर दोस्रो दल बनेको छ। समानुपातिकमा एमाले भन्दा झिनो मतले मात्रै कांग्रेस पछाडि देखिएको छ।उता प्रत्यक्ष तर्फ भने एमालेले ८० सिट जितेको छ भने कांग्रेसले २३ सिट मात्र जितेको छ।

नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ। उसले प्रत्यक्षमा ३६ स्थानमा जित हासिल गरेको छ।प्रत्यक्षमा कांग्रेसले भन्दा बढि सिट जितेको भएपनि समानुपातिकको मतपरिणामका कारण माओवादी केन्द्र तेस्रो दल हुने भएको छ। ११ स्थानमा जित हासिल गर्न सफल राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०ले समानुपातिक तर्फ ४ लाख ७२ हजार २५४ मत प्राप्त गरेको छ भने मधेशवादी अर्को दल संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत प्राप्त गरेको छ। फोरमले प्रत्यक्षमा १० स्थानमा जित हासिल गरेको छ।

मतगणना अन्तिम चरणमा पुग्दा एमाले, कांग्रेस, माओवादी, राजपा र फोरम मात्रै राष्ट्रिय दल हुने निश्चित भएको छ। आयोगका प्रवक्ता नवराज ढकालले मतगणना सकिएको जानकारी दिए। उनले अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताए। ‘गणना सकियो अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ, प्रवक्ता ढकालले भने।

LIVE TV