२ पुष २०७४, आईतवार

बागलुङ। बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ। शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता लाटि जिसी महिलाको शव  भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएको जानकारी दिए  ।

बागलुङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने जनाए।

प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लगेको छ ।

 

LIVE TV