
एजेन्सी । क्यानडाको ओन्टोरियोमा बस्ने एक महिला पछिल्लो ७२ वर्षदेखि यो घरमा बसिरहेकी छिन् । बाहिरबाट हेर्दा निकै साधारण देखिने यो घर भित्रको दृश्य हेर्दा तपाईं सोचमग्न हुनुहुनेछ । यद्यपी, महिलाको नाम र उनीबारे धेरै जानकारी त उपलब्ध छैन तर घरबारे निकै चर्चा भइरहेको छ ।
घर प्रवेश गर्ने एरिया
महिला अहिले ९७ वर्षको भएकी छिन् र सन् १९६० देखि उनले घरलाई संरक्षण गरिरहेकी छिन् ।बाहिरबाट यो घर हेर्दा जो सुकैलाई पनि यो साधारण घरजस्तो लाग्छ । तर घरभित्र प्रवेश गर्ने बित्तिकैको दृश्य हेर्दा जो सुकै चकित हुन्छन् ।
लिभिङ रुम
महिलाका अनुसार उनी पहिलादेखि नै इन्टेरियर डिजाइनमा रुची राख्ने भएकाले उनी आफैंले घरलाई नयाँ ढङ्गले सजाएकी छिन् । उनका अनुसार घरलाई परिवर्तन गर्नका लागि उनलाई ५७ वर्ष लागेको र आफ्नो घर देखेर पूर्ण रुपमा सन्तुष्ट भएको उनी बताउँछिन् ।
लिभिङ रुमको अर्को दृश्य
डाइनिङ रुम
किचनको एरिया तर यसमा राखिएको स्टोभ सन् १९५० को हो जसलाई महिलाले अहिलेसम्म प्रयोग गरिरहेकी छिन् ।
डाइनिङको कुना
मास्टर बेडरुम
अर्को एंगलबाट मास्टर बेडरुमको एरिया
गुलाबी गेस्ट रुम । वास्तवमा महिलालाई गुलाबी रङ निकै मनपर्छ त्यसकारण उनले लगभग सबै एरियालाई गुलाबी रङले सजाएकी छिन् ।
बाथरुमको एरिया
तेस्रो बेडरुमलाई स्टूडियो बनाइएको छ ।
बार एरिया
लाउन्ड्री रुम
घरको पछाडिको भाग