२ पुष २०७४, आईतवार

नुवाकोट। गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आजबाट दैनिक ८ घण्टाको लागि बन्द हुने भएका छन् ।

३ महिनासम्मको लागी बिहान ६ देखी ९ बजेसम्म र बिहान ११ देखी अपरान्ह ४ बजेसम्म गल्छी–पिपलटार सडकमा बन्द हुने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले बताए।

त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा सडकमा काम हुनेछ ।

गल्छी–त्रिशुली रसुवागढी सडकको गल्छी देखी पिपलटार सम्मको सडक खण्डमा पहाड काट्ने काम हुने भएकाले फागुन मसान्तसम्म सवारी साधन संचालनमा रोक लगाईएका हुन् ।

 

LIVE TV