२ पुष २०७४, आईतवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार निर्माणमा कुनै पनि बाधा अड्चन पैदा नगर्न आग्रह गर्नुभएको छ । उहाँले जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभयो ।

शनिवार बालकोट निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले एकल संक्रमणीय व्यवस्थाको विषयमा बहस नगरि संविधानले भने बमोजिम बहुमतीय प्रक्रियाका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै मतपरिणाम आईसकेपछि ७ दिनभित्रमा संवैधानिक व्यवस्था अनुरुप अगाडि बढ्नुपर्ने भन्दै नेपाली काँग्रेस र प्रधानमन्त्री देउवाले देखाएको चरित्र सही नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाउँदै सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको समेत बताउनुभयो ।

LIVE TV